
काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर भन्दा दक्षिणतिर अवस्थित रहेको छ।
देशको पहाडी भू-भागमा साधारणतया बदली र बाँकी भू-भागमा आंशिक बदली रहने जल तथा मौसम विभागले जनाएको छ । देशका पहाडी भू-भागका केही स्थानहरूमा र तराई भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश र बागमती प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
आज राती कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशको पहाडी भू-भागमा साधारणतया बदली र बाँकी भू-भागमा आंशिक बदली रहनेछ। कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशको पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी पहाड र तराई भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशका पहाडी र तराइ भू-भागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।