
काठमाडौँ । नेपाल र बंगलादेशबीच आज पहिलो मैत्रीपूर्ण फुटबल खेल हुँदैछ । काठमाडौँस्थित दशरथ रंगशालामा हुने खेल साँझ ५:३० बजेदेखि सुरु हुनेछ ।
कप्तान किरण चेम्जोङले घरेलु मैदानमा लामो समयपछि खेल्न उत्साहित रहेको र खेल पनि रोचक हुने अपेक्षा गरेको बताए ।
दोस्रो मैत्रीपूर्ण खेल मंगलबार हुनेछ । दुई खेलपछि समग्र परिणामको आधारमा विजेता घोषणा गरिनेछ।
विजेताले ट्रफी र पदक प्राप्त गर्नेछन्।