
काठमाडौँ। झापा इनर्जी लिमिटेडले आजदेखि आम सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ ।
कम्पनीको कुल ४ लाख ७३ हजार ३३६ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन भएको हो ।
आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारमा रहेकालाई यसअघि नै आईपीओ बाँडफाँट भइसकेको छ । कम्पनीको कुल जारी पूँजी ३८ करोड १ लाख ९० हजार रुपैयाँ छ ।
न्यूनतम १० कित्ता तथा अधिकतम ५ हजार कित्तासम्मका लागि आवेदन दिन सकिने छ । भदौ २४ गतेसम्म कम्पनीमा आवेदन दिन सकिनेछ ।