
काठमाडौँ । मन्त्रिपरिषद् मातहत तीन वटा समिति गठन गर्ने निर्णय गरिएको छ ।
बागमती मन्त्रिपरिषद्को आज बसेको बैठकले तीन मन्त्रीको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरेको हो ।
उक्त बैठकले राजनीतिक समितिको संयोजकमा कृषि तथा पशुपंक्षीमन्त्री मधुसुधनप्रसाद पौडेल, प्रशासन तथा विधेयक समितिको संयोजकमा आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज अधिकारी र सामाजिक, आर्थिक र पूर्वाधार विकास समितिको संयोजकमा सामाजिक विकास मन्त्री कञ्चनचन्द्र बादे रहेको समिति गठन गर्ने निर्णय गरिएको एक मन्त्रीले जानकारी दिए ।