
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी दक्षिण अफ्रिकामा हुने एसए टी-२० लिगको अक्सनमा परेका छन् ।
सेप्टेम्बर ९ तारिखमा हुने अक्सनका लागि दीपेन्द्रसहित ५४१ खेलाडीको नाम अक्सनमा समावेश गरिएको हो ।
अक्सनका लागि ८ सय बढीले सहभागिता जनाएका थिए । त्यसमध्येबाट ५४१ खेलाडी अक्सनमा परेका हुन् । जसमा ३ सय दक्षिण अफ्रिकी र २४१ विदेशी खेलाडी छन् । चौथो संस्करणको एसए टी–२० लिग आगामी डिसेम्बर २६ देखि फेब्रुअरी ८ सम्म हुनेछ ।