
काठमाडौँ । डडेल्धुरामा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । छ जना भने घाइते भएका छन् ।
बिहान सवा ९ बजेतिर नवदुर्गा गाउँपालिका-५ चौडमा से १ ज ७३८ नम्बरको जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा ६ जना घाइते भएका छन्। उनीहरूको उद्धार गरी जिल्ला अस्पताल डडेल्धुरामा पठाइएको छ।
जिप सडकबाट अन्दाजी ३ सय मिटर तल खसेको हो। दुर्घटनामा चालकसमेत घाइते भएकाले अहिले दुर्घटनाको कारण खुलेको छैन।