
काठमाडौं– राज्य व्यवस्था समितिको सभापतिका निम्ति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारीसहित बरिष्ठ नेताहरुसँग अनौपचारिक बैठक गरेका छन्।
कुलिङ अफ पिरियड प्रकरणपछि समिति सभापति रामहरि खतिवडाले राजीनामा दिएपछि रिक्त रहेको पदपूर्ती कांग्रेसले नै गर्ने भएको छ।
बुढानिलकण्ठमा सोमबार बैठक राखी उनले छलफल बढाएका हुन्। देउवाको निर्णय पर्खेर बसेका सभामुख देवराज घिमिरेले समिति सभापतिको विषयमा चासो राखेका थिए।