
काठमाडौँ । मोरङको विराटनगर महानगरपालिका-१४ मा साइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मोरङको जहदा गाउँपालिका-३ का ४१ वर्षीय रुपेश कुमार राजवंशीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार आईसीपी रोडको भित्री सडक खण्डमा आइतबार साँझ विराटनगर-१-ह १२३४ नम्बरको सिटी सफारीको पछाडि ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
दुर्घटनामा टाउकोमा गम्भीर चोट लागेका राजवंशीलाई उपचारका लागि कोशी अस्पताल विराटनगर लगिएको थियो । अस्पताल पुर्याइएको केही समयमै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
सिटी सफारीका चालक २५ वर्षीय मोहम्मद जाहागिरलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।