
काठमाडौ- प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले करका दर हेरफेर गरिएको भन्दै सरकारको जवाफ माग गरेको छ ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा पूर्वअर्थमन्त्री रहेका सांसद वर्षमान पुनले पहिलो चौमासिक मै करका दल हेरफेर गर्ने के कारण आइलाग्यो भन्दै सरकारको जवाफ माग गरेका हुन् ।
पुनले सरकारका तर्फबाट अर्थमन्त्रीले सदनमा आएर जवाफ दिनुपर्ने बताए । उनले सदन चलिरहेको बेलामा पहिलो चौमासिकमै सदनलाई जानकारीबिनै करका दल हेरफेर गर्नु अन्तर्राष्ट्रिय करको सिद्धान्त विपरीत भएको भएको बताए ।
पूर्वअर्थमन्त्री पुनका अनुसार सरकारले सुन तथा सुनका गरगहनामा लगाएको २ प्रतिशत विलासिता शुल्क हटाएको छ । काटी, किसमिस, ग्रेप जुसलगायतमा अन्तःशुल्क ३५ प्रतिशत घटाइएको छ । औषधि र प्याकेजिङमा प्रयोग हुने बोटलमा लगाइएको १५ प्रतिशत अन्तःशुल्क घटाइएको छ ।