
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको मिति घोषणा गरिएको छ ।
क्यानले सामाजिक सञ्जालमार्फत एनपीएलको दोस्रो संस्करण नोभेम्बर १७ अर्थात् मङ्सिर १ देखि डिसेम्बर १३ (मङ्सिर २८) सम्म हुने जानकारी दिएको हो ।
उक्त संस्करणका लागि मिनी अक्सन सकिएको छ ।
टिमहरूले विदेशी खेलाडी भित्र्याउने क्रममा छन् । एनपीएलको पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले जितेको थियो ।