
काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले कांग्रेस र एमालेले हिजो दिनभरि नौटङ्की देखाएको टिप्पणी गरेकी छन् ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै उपसभामुख इन्दिरा राना मगरलाई हटाउन भन्दै सांसदहरूलाई खाली कागजमा हस्ताक्षर गर्न लगाएर नौटङ्की देखाएको बताइन् ।
उनले भनिन्, ‘उपसभामुखलाई हटाउने रे । उहाँहरूलाई संवैधानिक परिषद्मा बहुमत पुगेन । बहुमत पुर्याएर आफ्ना आसेपासेलाई नियुक्ति गर्नको लागि उपसभामुखलाई हटाउने कुरा चलिरहेको छ । खाली कागजमा सही गर्ने कस्ता माननीय ? धिक्कार होस् ।’
उनले भिजिटि भिसा प्रकरणमा कमाउ धन्दा चलाएका गृहमन्त्री रमेश लेखकलाई बचाएर उपसभामुखको सामान्य विषयलाई लिएर हटाउन खोजेको भन्दै आपत्ति जनाइन् ।