
काठमाडौँ- कांग्रेस-एमालेले उपसभामुख इन्दिरा राना मगरले पदअनुकूल आचरण नगरेको प्रस्ताव दर्ता गर्न खोजेपछि प्रमुख प्रतिपक्षी दल माओवादीले विपक्षी दलहरूको बैठक बोलाएको छ ।
माओवादी केन्द्रीय पदाधिकारीहरूको बैठकमा विपक्षी दलहरूको बैठक बोलाउने निर्णय गरेको हो ।
माओवादी पदाधिकारी बैठकले उपसभामुख मगरलाई महाभियोग लगाउने तयारी गरेको भन्दै त्यसको विरोध पनि गरेको माओवादी प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।