
काठमाडौं– भारतका विदेश मन्त्रालय सचिव बिक्रम मिस्रीले नेपाली सेनाका प्रमुख अशोकराज सिग्देललाई जङ्गी अड्डामा भेटेका छन्।
सोमबार सैनिक मुख्यालय पुगेका विदेश सचिव मिस्रीले प्रधानसेनापति सिग्देलसँग भेट गरी भारत र नेपालको सैनिक सम्बन्धको विषयमा कुराकानी गरेका छन्।
सिग्देल भारतका मानार्थ महारथी हुन्। नेपाल भारतमा यो परम्परा लामो समयदेखि चली आएको छ।