
काठमाडौं। पछिल्लाे ताका नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रबीच एकता हुने चर्चा सुरु भएको छ। माओवादीले ओपचारिकरूपमा एकता प्रक्रिया सुरु भएपनि समाजवादी अन्याेलमा छ।
समाजवादीका नेताहरु एकता नहुनुपर्ने तर्क गरिरहेका छन्। समाजवादी निकट नेताहरू भने माधव नेपाल अहिले समाजवादीलाई माओवादीमा मिसाउन लागेकाे बताउन थालेका छन्। निकट स्राेतका अनुसार नेपालले एकताको प्रक्रिया अन्तिम चरणमा पुगेको बताउन थालेका छन्।
यता सम्मानित नेता झलनाथ खनाल भने माओवादीसँग एकता नगर्नुपरने तर्क बताउँछन्। उनीहरू एकता प्रक्रिया किन भन्ने प्रश्न उठाउन थालेका छन्।
खनाल निकट समाजवादीका बाके जिल्ला अध्यक्ष दीपक जीएम एकता प्रक्रियाबारे प्रश्न उठाएका छन्। उनले पार्टीको नाम, सिद्धान्त र चुनाव चिह्नबारे प्रश्न उठाएका छन्।
उनले पार्टीको ढाँचा र आकारका बारेमा नेपाललाई प्रश्न गरेका छन्। जिएमका भनाइअनुसार एकता अन्तिम चरणमा पुगेको बुझिन्छ। अन्य नेताहरू समेत एकता प्रक्रिया सुस्त तरिकाले चलिरहेको सुनाउँछन्। समाजवादी उपाध्यक्ष जगन्नाथ खतिवडा अनौपचारिक तरिकाले एकताका कुरा चलेको दाबी गर्छन्।
नेपाल निकटस्थ नेताहरू अहिले माओवादीसँग बारम्बार छलफलमा जुटेको स्राेतको दाबी छ। उनीहरू अबको एकता पहिलेको एमाले र माओवादी एकता जस्तो हुनु नहुने सुनाउँछन्।
खनाल निकट जीएम एकताका प्रक्रियामै वडा, पालिका, जिल्ला, प्रदेश र केन्द्रका विषयमा कसरी मिल्ने भन्ने प्रश्न उठाएका छन्। उनले आगामी निर्वाचनको उम्मेदवारका विषयमा समेत छलफल हुन जरुरी हुनुपर्ने नभए पहिलेकै हबिगत हुने प्रश्न उठाएका छन्।