काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले भिमाद नगरपालिका-६ मा निर्माण गरिएको सहिद कल्याण खनालको अर्धकदको सालिकको आज अनावरण गरेका छन् ।
सहिद कल्याण खनालको २३औँ स्मृति सभाको अवसर पारेर सहिद कल्याण खनाल स्मृति प्रतिष्ठानले निर्माण गरेको सालिकको सभापति देउवाले अनावरण गरेका हुन् ।
नेपाली काँग्रेसका तत्कालीन नेता स्व. खनालको विसं २०५९ साउन २७ गते तत्कालीन विद्रोही समूहले हत्या गरेका थिए ।
स्व. खनालको योगदानको सम्झनाका लागि यहाँ सालिक निर्माण गरिएको नेपाली काँग्रेस तनहुँका सचिव लक्ष्मीभक्त खनालले जानकारी दिए ।