काठमाडौं । सरकारले माग पूरा नगरेपछि नेपाल शिक्षक महासंघ पुनः आन्दोलनको तयारीमा जुटेको छ ।
आफूसँग भएका सहमति कार्यान्वयन गर्दै शिक्षा विधेयक चाँडो टुंगो लगाउन दबाब दिएपनि सरकारले नसुनेपछि आन्दोलन पुनः सुरु गर्ने तयारी गरिएको लक्ष्मीकिशोर सुवेदीले बताए । उनका अनुसार आज दिउँसो १ बजे बबरमहलमा बैठक बस्ने र थप आन्दोलनका कार्यक्रम घोषणा हुनेछन् ।
यता, प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विधेयकमाथि छलफल चलिरहेको छ । समितिले विद्यालय शिक्षा विधेयक पारित गर्नेगरी आज नै बैठक बोलाइएको बताइएको छ ।
शिक्षकको आवधिक बढुवाको विषयमा सहमति जुटेको पनि दाबी गरिएको छ ।