काठमाडौं– सूनको मूल्य अचाक्ली बढेर हालसम्मकै उच्च भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला एक हजार ९ सय रुपैयाँ बढेर एक लाख ९८ हजार पाँचसय रुपैयाँ पुगेको छ।
गएको वैशाख ९ गते सुनको मूल्य एक लाख ९७ हजार नौसय रुपैयाँ पुगेको थियो।त्यसयता घटेको सुनको मूल्य फेरि अहिलेसम्मकै उच्च बनेको हो।सोमबार एक लाख ९६ हजार ६ सय रुपैयाँ थियो।
आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला २५ रुपैयाँ बढेर दुईहजार दुईसय ८० रुपैयाँ पुगेको महासंघले जनाएको छ।