काठमाडौँ। नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री कार्यालय र स्वास्थ्य मन्त्रालयको अनावश्यक हस्तक्षेपले स्वास्थ्य संस्थाहरू धरासायी बन्दै गएको बताएका छन् ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सन् २००० ब्याजका एमबीबीएस विद्यार्थीहरूले आयोजना गरेको कार्यक्रममा बोल्दै कोरालाले नियमनको नाममा राजनीतिक हस्तक्षेप बढ्दै गएकाले अस्पताल र स्वास्थ्य संस्थाहरूले भने जस्तो काम गर्न नसकेको आरोप लगाए ।
उनले भने,’नियमनको नाममा राजनीतिक हस्तक्षेप बढ्दै गएकाले अस्पताल र स्वास्थ्य संस्थाहरूले भने जस्तो काम गर्न सकिरहेको छैन । यसमा प्रधानमन्त्री कार्यालय र स्वास्थ्य मन्त्रालयको हस्तक्षेपले स्वास्थ्य संस्थाहरू धरासायी बन्दै गएको हो।’
स्वास्थ्य संस्थाहरूलाई स्वतन्त्र रूपले सेवा गर्न दिनुपर्ने कोइरालाको भनाइ थियो ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पूर्वउपकुलपति समेत रहेका कोइरालाले बीपी प्रतिष्ठानबाट पढेका डाक्टरहरू जहाँ-जहाँ पुगे पनि सबैले शिर उचो राख्ने र गर्व गर्न लायक काम गरिरहेको बताए ।