काठमाडौँ- प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति सक्रिय राजनीतिमा आउनु गम्भीर विषय भएको बताएका छन् ।
पूर्वराष्ट्रपति विद्या भण्डारीले एमालेको नेतृत्व लिन तयार रहेको बताएपछि ओलीको औपचारिक रूपमा यो धारणा आएको हो ।
‘गरिमामय पदमा पुगेको व्यक्ति, गणतन्त्रको प्रतीक पूर्वराष्ट्रपति राजनीतिमा आउने विषय गम्भीर हो,’ उनले शुक्रबार पोलिटब्युरो बैठकमा भने, ‘यसमा पार्टीले उचित समयमा निर्णय गर्ने छ ।’
उनले भण्डारी सल्लाह नगरी राजनीतिमा आएको उल्लेख गर्दै छलफल गरे टुंगोमा पुग्ने बैठकमा बताए ।