काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले चालू आर्थिक वर्षमा ७ सय नयाँ उद्योग दर्ता भएको दाबी गरेका छन्। उनका अनुसार, यो संख्या अहिलेसम्मकै उच्च हो।
बुधबार सामाजिक सञ्जालमार्फत उनले जानकारी दिँदै भने, “गत २० वर्षमा वार्षिक औसत ३ सय उद्योग दर्ता हुने रेकर्ड रहेको छ। तर, यस वर्ष मात्रै ७ सय उद्योग दर्ता भएका छन्।”
उनका अनुसार, यो वृद्धिले पूँजी परिचालनमा उल्लेखनीय सुधार ल्याउने छ। ओलीले स्मरण गराए अनुसार, २०४६ सालको परिवर्तनपछि पहिलो वर्ष खुला आर्थिक गतिविधिमा वृद्धि हुँदा उद्योग दर्ता उच्च थियो। अहिले पनि सरकारले उद्यम र लगानी प्रवर्द्धन गर्न कानुन संशोधन गरेपछि उद्योग दर्ताको संख्या बढेको हो।