
काठमाडौं– पूर्वमन्त्री राजकुमार गुप्ता तानिएको घुस काण्डमा नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठलाई पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तानेको छ।
पोखरामा भएको जग्गाको डिल प्रकरण, मालपोतका हाकिमलगायतको विषयमा गुप्तासँगै श्रेष्ठ पनि तानिएकी हुन्।
उनी अख्तियारमा बयान दिनका लागि बुधबार टंगाल पुगेकी छन्।
तत्कालीन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ बिचौलियासँग डिलमा बसेकी थिइन्।
बिचौलियासँग घुस डिल गरेको अडिओ सार्वजनिक भएपछि पदबाट राजीनामा दिएका निवर्तमान संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तामाथि छानबिन भइरहेको छ।
छानबिनको क्रममा रञ्जिताको पनि संलग्नता भेटेपछि अख्तियारले उनलाई बयानमा बोलाएको हो। अडिओमा भएको आवाज परिक्षणमा प्रमाणित भएको बताइन्छ।