काठमाडौं– नेपाल प्रहरी उपरिक्षक (एसपी)बाट बरिष्ठ उपरिक्षक (एसएसपी) बढुवा सिफारिस निकालिएको छ।
३३ जना प्रतिस्पर्धी रहे पनि ११ जना मात्र सिफारिसमा परेका छन्। सोमबार गृह मन्त्रालयमा बसेको बढुवा सिफारिस समितिको बैठकले ११ जनालाई एसएसपीमा बढुवा सिफारिस गरेको हो।
एसपीबाट तुलबहादुर कार्की, राकेश सिंह, कमल थापा, दयानिधी ज्ञवाली, दीपक पोखरेल, प्रविण धिताल, राजीब बस्नेत, दीपेन्द्र शाही, प्रकाश रानाभाट, केदार खनाल र ज्ञानेन्द्रप्रसाद फुयालको एसएसपीमा बढुवा सिफारिस भएको हो।
यस्तो छ सूची
