
काठमाडौँ- कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारीले हिलोमा नपसेसम्म देश समुन्नतितर्फ जान नसक्ने बताएका छन् ।
आइतबार २२औँ राष्ट्रिय धान दिवसको अवसरमाललितपुरमाआयोजितकार्यक्रमलाई सम्बोधन गर्दै उनले हिलोबाट तर्किएर देश नबन्ने बताएका हुन् ।
‘अहिले हामी जुत्ता, चप्पल लगाएर हिलोमा टेकिन्छ भनेर तर्केर हिँड्छौँ,’ उनले भने, ‘सकेसम्म हिलोमा टेक्नु नपरोस् भन्ने ढंगको सोच बोकेका छौँ । तर वास्तवमा हामी जबसम्म हिलोमा पस्दैनौँ तबसम्म देश समुन्नतितर्फ जान सक्दैन ।’
मन्त्री अधिकारीले अनुसन्धान गर्दै परिष्कृत गर्दै धान बालीलाई अघि बढाउनसके धानमा आत्मनिर्भर हुन कुनै समस्या नरहेको बताए । आत्मनिर्भर हुन राज्यको तर्फबाट गर्नुपर्ने दायित्व धेरै रहेको स्विकार्दै उनले मल समयमा पाउनुपर्ने, पर्याप्त हुनुपर्ने कुरा जायज रहेको बताए ।
असार र साउनमा पर्याप्त नभए पनि मलको व्यवस्थापन गर्न सरकार सक्षम रहेको जिकिर गरे । मलका कारणले रोपाइँ गर्न पाइन भन्ने किसिमको सोच नराख्न पनि उनले आग्रह गरेका छन् ।
मन्त्री अधिकारीले किसानको मागहरू सम्बोधन गर्नेकुरामा सरकार गम्भीर रहेको बताए । दुई वर्षभित्रमा धानमाआत्मनिर्भर हुने बताए । असार १५ गते (आज) राष्ट्रिय धान दिवस मनाइँदै छ ।