
काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी ओलीले सदन नखोलेर भंग भइदिए अध्यादेशबाट शासन चलाउँथे भन्ने ढंगले अघि बढेको बुझेपछि सदन खोल्न तयार भएको बताएका छन् ।
अखिल नेपाल ट्रेड युनियन महासंघ केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै पार्टीभित्रबाटै नबुझेर आफू विरुद्ध घेराबन्दी गरेको गुनासो गरेका हुन्।कहिले तपाईँहरूले सोच्दा मानौँ परिस्थिति सामान्य छ, नेतृत्वले जता भन्यो त्यतै गइहाल्छ देश भनेको जस्तो गरी सोचेकोजस्तो लाग्छ ।
त्यस्तै छै स्थिति । हिजो दुई तिहाइको हाम्रो नेतृत्वको सरकार हुँदा सरकारका नेतृत्व संविधान र गणतन्त्रविरुद्ध घात गर्ने ढङ्गले अघि बढ्दा हामी विद्रोह गरेर सडकमा गएर पलेँटी कसेर विरोध गर्नुपरेको बाध्यता संसदीय प्रणालीमा यस्तो हुँदैन । नेपालमा मात्रै यस्तो भएर माओवादीले मात्रै गर्नुपरेको छ ।
हामीले जनयुद्धको बलमा ल्याएको संविधान आफ्नो पार्टी नेतृत्वको सरकारले उल्ट्याउने ढङ्गले गइसकेको थियो । हामीले हाम्रो नेतृत्वको सरकार भनेर बसेको भए संविधान सायद उल्टिसकेको हुन्थ्यो होला ।
दुई दुई पटक पटक संसद् विघटन गरेको, हामीले त्यसका विरुद्ध एक महिनामा तीन पटक लाखौँ जनता सडकमा उतारेपछि संविधानमाथिको घात रोकिएको हो । त्यसैले अहिले पनि संविधानको रक्षा गर्ने जिम्मेवारी छ । कहिले प्रतिपक्षमा हुँदा पनि सत्तापक्षको भूमिका खेल्नुपर्ने अवस्था आउँछ ।
अहिले पनि हामीले धेरै मेहनत गरेर सङ्घीय निजामती, विद्यालय, नागरिकता विधेयक, शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउनुपर्ने आवश्यकता यही सदनबाट गर्नुपर्नेछ । तर सरकारको नेतृत्वले अवरोध भइराखोस् भन्ने चाहेको छ, हाम्रा धेरै साथीहरूले बुझेनन्, मलाई दुःख छ। पटक्कै नबुझेर खत्तम गर्यो भनेकोजस्तो गर्छन् । अहिले पनि सरकारको नेतृत्वले सदन नचलेदेखि, सदन भंग भइदिएदेखि अध्यादेशबाट सबै गर्ने, बजेट होस् वा अन्य विधेयकको कुरा।
अध्यादेशबाट ल्याउन चाहेको बुझियो हामीले । अर्कोतिर सत्तामा भएकाहरूको बीचमा जति दूरी छ, के हो भन्ने पनि हामीले बुझ्नुपर्नेछ। त्यही अनुसार चाँडै परिणाम आउँदै छ । एक थरी मानिसहरूले गलत प्रचार गरेर नेतृत्वलाई कसरी घेराबन्दी गर्ने भनेर लागिरहेका छन्, ‘उनले बैठकमा भनेको छन् ।