
काठमाडौं- कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले मलको हाहाकार सधैँ भइरहने बताएका छन् ।
नेपाल डेरी एशोसिएसनले आयोजना गरेको दही चिउरा प्रवर्द्धन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले मलको हाहाकार रहेको र भइरहने पनि बताए ।
उनले गत वर्ष कृषि मन्त्रालयलाई २७ अर्ब ९५ करोड बजेट विनियोजन गरिएको र जम्मा साढे ४ लाख टन भन्दा मल आएको बताए । बजारमा मागको आपूर्ति ११ लाखदेखि १३ लाख टनको रहेको र एक चौथाई मलले किसानलाई समयमै मल पुर्याउन सक्ने स्थिति नरहेको उनले बताएका छन् ।
उधारो दध वर्षौंदेखि खाइरहेको र भुक्तानी दिन नसकेको भन्दै उनले दुःखेसो गरे । मन्त्री अधिकारीले चिस्यान केन्द्र, बीमालगायतका धेरै समस्याहरू रहेको बताए ।