
काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ ।
तोलामा तीन सय रुपैयाँले बढेर आज एक लाख ९२ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार प्रतितोला एक लाख ९२ हजारमा कायम भएको थियो । चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला दुई हजार १ सय ७५ रुपैयाँमा खरिद-बिक्री भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला दुई हजार १४० रुपैयाँमा कारोबार भएको थियो ।