
काठमाडौँ । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्धको मुद्दामा विशेष अदालतमा बहस सकिएको छ । न्यायाधीशहरुले आजै आदेश जारी गर्ने तयारी गरेका छन् ।
नेपालका तर्फबाट ५ जना वकिलहरूले बहस गरेका थिए । पूर्वमहान्यायाधीवक्ता रमण श्रेष्ठ, शम्भु थापा, खम्बबहादुर खाती, गोविन्द बन्दीले उनलाई बिनाशर्त रिहाइ गर्न माग गरेका थिए ।
सरकारी वकिलहरूले भने नेपाललाई पुर्पक्षका लागि थुनामा राख्न माग गरेका छन् ।