
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको बयान सुरु भएको छ ।
बुधवार विशेष अदालतमा हाजिर भएसँगै न्यायाधीशहरू तेज नारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा बयान सुरु भएको हो ।
विशेष अदालतको दैनिक पेसी सूचीमा इजलास नम्बर २ मा नेपालको मुद्दा पहिलो नम्बरमै राखिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री नेपालविरुद्ध पतञ्जली जग्गा प्रकरणमा जेठ २२ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।