
काठमाडौं – हाल देशभर मनसुनी वायुको प्रभाव छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ।
सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागका केही ठाउँमा र बाँकी भागका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी र सुदूरपश्चिम प्रदेशका एक-दुई ठाउँमा भारीदेखि धेरै भारी वर्षा हुने महाशाखाले जनाएको छ। सबै प्रदेशका उच्चपहाडी र हिमाली भागका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ।
महाशाखाका अनुसार आज राति कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बाँकी पहाडी भागमा सामान्य बदली र बाँकी भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बाँकी पहाडी केही ठाउँमा र बाँकी भागका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई ठाउँमा भारी वर्षा हुनेछ। सबै प्रदेशका उच्चपहाडी र हिमाली भागका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ।