
काठमाडौँ । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव, परिषद् सदस्य र कार्यकारी निर्देशकसहित १४ जना र दुई कम्पनीविरुद्ध भ्रष्टाचार मुद्धा दायर गरिएको छ ।
उनीहरूमाथि पशुपति क्षेत्र विकास कोष र सार्वजनिक संस्थाको सम्पत्ति हिनामिना हानी/नोक्सानी गरी गराई भ्रष्टाचार गरेको पुष्टि भएकाले विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरिएको प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।