
काठमाडौं– सोमबारको मन्त्रिपरिषद बैठकले सशस्त्र प्रहरी बलको अतिरिक्त महानिरिक्षक (एआईजी)मा बढुवा गरिएका गणेश ठाडा मगरले बुधबार दज्र्यानी चिन्ह (फूली) लगाएका छन्।
सशस्त्र प्रहरी महानिरिक्षक (आईजी) राजु अर्यालले मगरलाई एक समारोहबीच मुख्यालयमा फूली लगाइदिएका हुन्।
एआईजी चन्द्रप्रकाश गौतम अवकाश भएपछि रिक्त स्थानमा मगरको बढुवा भएको हो। कम्तिमा अबको दुई बर्षपछिको सशस्त्र आईजीका रुपमा मगरलाई हेरिएको छ।