
काठमाडौं- जिल्ला अदालत काठमाडौंले राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलाई धरौटीमा छाड्न आदेश दिएको छ।
मिश्रसँग तीन लाख धरौटी मागको आदेश भएको जिल्ला अदालतका सूचना अधिकारी दीपक कुमार श्रेष्ठले जानकारी दिए।
मिश्र र शमशेरले गत १५ चैतमा तीनकुनेमा भएको आन्दोलनलाई हिंसात्मक बनाउन उकासेको आरोप छ। उनीहरुविरुद्ध राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव र संगठित अपराध कसुर लगाइएको छ।