
काठमाडौँ- सभामुख देवराज घिमिरे र गृहमन्त्री रमेश लेखकबिच भेटवार्ता भएको छ ।
संसद् भवन नयाँ बानेश्वरमा सभामुख र गृहमन्त्री लेखकबिच भेटवार्ता भएको हो ।
सभामुखका प्रेस संयोजक शेखर अधिकारीका अनुसार भेटमा विपक्षी र प्रतिपक्षबिच भएको २ बुँदे कार्यान्वयन र रास्वपाका मागका बारेमा छलफल भएको छ ।