
काठमाडौँ- प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अवरोधबीच प्रतिनिधि सभा बैठक कार्यसूचीमा अघि बढेको छ।
सरकारले जेठ १५ गते ल्याएको बजेटमाथिको सामान्य छलफल संसदमा सुरु भएको छ।
राप्रपाले भने बैठक सुरु हुने बित्तिकै वेल घेरेर नाराबाजी गरेका थिए।
सुरूमा उठेर नाराबाजी गरेका उनीहरू अहिले वेल अगाडि पलेँटी कसेर बसेरै नाराबाजी गरिरहेका छन्।