
काठमाडौँ- सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक संसद्मा दर्ता भएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले यो विधेयक प्रतिनिधि सभामा दर्ता गरेका हुन् । विधेयकको प्रस्तावना अनुसार सूचना प्रविधिको विकास, प्रवर्धन तथा नियमन गर्ने उद्देश्यले विधेयक आएको छ ।
विद्युतीय अभिलेख तथा डिजिटल हस्ताक्षरको सत्यता र विश्वसनीयता कायम राख्न, साइबर स्पेसमा रहेका सूचना, तथ्यांक वा विवरणको संरक्षण गर्ने भनिएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री गुरुङका अनुसार साइबर स्पेसमा रहेका सूचना, तथ्यांक वा विवरणलाई व्यवस्थित प्रयोग गर्न र साइबर सुरक्षा सम्बन्धी प्रचलित कानूनलाई संशोधन र एकीकरण गर्न विधेयक ल्याइएको हो ।