
काठमाडौं– भारतको उत्तराखण्डस्थित केदारनाथ धाम दर्शनका लागि ७ यात्रु बोकेर पुगेको हेलिकोप्टर दुर्घटनामा परेको छ।
दुर्घटनामा हेलिकोप्टरमा सवार सबैको मृत्यु भएको छ।
खराब मौसमका कारण हेलिकोप्टर दुर्घटनामा परेको जिल्ला विपद् व्यवस्थापन अधिकारी नन्दन सिंह राजवारले बताए।
गौरीकुण्डमाथि घाँस काटिरहेका नेपाली मूलका महिलाहरूले हेलिकप्टर दुर्घटनाको सुरुमा रिपोर्ट गरेका थिए।
दुर्घटनामा एक जना बालिका परेकी छन् र सबै शव जलेका छन्।