
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रास्वपाका केही अडानका कारणले सत्तारुढ दलहरूसँग भएको सहमतिमा सहभागी नभएको बताएका छन् ।
संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै ‘प्रचण्ड’ले रास्वपा र आफूहरू फरक फरक ढंगबाट अघि बढ्ने बताए ।
‘मूलभूत रूपमा हाम्रो केही छैन । उहाँहरूको केही अडानका कारण सायद केही दिन उहाँहरू आफ्नो तरिकाले जानुहुन्छ,’ प्रचण्डले भने ।
तर, रास्वपासँग आफूहरूको विमति नभएको उनले बताए । ‘तर, हाम्रो बीचमा विमति र आरोप प्रत्यारोप हुँदैन,’ उनले भने ।
आजबाट संसद् खुल्ने ‘प्रचण्ड’ले बताए । काँग्रेस, एमाले र माओवादीबीच दुई बुँदे सहमति भएको छ ।
तर, रास्वपाले भने आफूहरू एक्लै सदनमा भिड्ने बताएको छ ।