
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुन तोलामा चार हजार दुई सय रुपैयाँले बढेर एक लाख ९७ हजार एक सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १५ रुपैयाँले बढेर २ हजार १६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार २ हजार १५०रुपैयाँ कायम भएको थियो ।