
काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मुल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार छापावाल सुनको मूल्य तोलामा १६ सयले बढेर तोलाको एक लाख ९२ हजार ९ सयमा कारोबार भइरहेको छ ।
यसअघि बुधबार सुन तोलाको एक लाख ९१ हजार ३ सयमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलामा १५ रुपैयाँले घटेर २१५० रुपैयाँमा कारोबार भइरहेको छ ।