
काठमाडौ – प्रतिनिधि सभा बैठक स्थगित भएको छ।
प्रतिपक्षी दलहरूले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले बैठक बुधबार १ बजेसम्मका लागी स्थगित गरेका हुन।
आज दिउँसो २ बजेका लागि बोलाइएको बैठक ढिलो गरि सुरु भएको थियो तर विपक्षिहरुको अवरोधका बिच बैठक चल्न सकेन ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा दिनुपर्ने अडान राख्दै विपक्षी दलहरूले बैठक अवरोध गर्दै आइरहेका छन् ।
अवरोध हटाउन सभामुख देवराज घिमिरेसहित सत्ता र प्रतिपक्षी दलहरूबीच निरन्तर छलफल हुँदा पनि सहमति हुन सकेको छैन् ।