
काठमाडौँ- प्रतिनिधि सभाको आजको बैठक पनि अवरोध भएपछि स्थगित भएको छ ।
साँझ साढे ६ बजे शुरु भएको प्रतिनिधि सभाको बैठक शुरु हुनासाथ विपक्षी दलहरुले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले सोमबार अपराहन्न २ बजेसम्मका लागि स्थगित गरेका हुन् ।
जेठ १३ गतेदेखि भिजिट भिसा प्रकरणमा विपक्षी दलहरुले रमेश लेखकको राजीनामा र छानबिनको माग गर्दै संसद अवरुद्ध गर्दै आएका छन् ।