
काठमाडौँ – नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य सामान्यले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महसंघका अनुसार शुक्रबार छापावाल सुन तोलामा एक लाख ८८ हजार ५०० रुपैयाँ कायम भएको छ । यसअघि बिहीबार छापावाल सुन तोलामा एक लाख ८७ हजार ८०० रुपैयाँ कायम भएको थियो।
आज सुनको मूल्य सात सय रुपैयाँले बढेको हो । यस्तै चाँदी तोलामा १ हजार ९८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। बिहीबार चाँदी तोलामा १ हजार ९९५ रुपैयाँमा कारोवार भएको थियो ।