
काठमाडौँ – पाकिस्तानले बंगालदेशविरुद्धको टी-२० सिरिजमा विजयी शुरुवात गएको छ । गएराती सम्पन्न सिरिजको पहिलो खेलमा पाकिस्तान ३७ रनले जित हासिल गरेको हो ।
पाकिस्तानले दिएको २०२ रनको लक्ष्य पछाएको बंगलादेशले १९.२ ओभरमा अल आउट हुदै १६४ रन बनाएको थियो ।
यसअघि टस जितेर पहिला ब्याटिंग गरेको पाकिस्तानले २० ओभरमा ७ विकेट गुमाउदै २०१ रन बनाएको थियो ।
पाकिस्तानका लागि कप्तान सलमान अघाले सर्बाधिक ५६ र शडाब खानले ४८ रन बनाएका थिए । त्यस्तै हसन नवाजले ४४ र मोहमद हरिसले ३१ रन बनाएका थिए ।
यो जितपछि पाकिस्तानले तीन खेलको सिरिजमा १-० को अग्रता लिएको छ । अब सिरिजको दोस्रो खेल शुक्रबार हुने छ ।