
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डले कम्बोडियामा मेरो लगानी भएको हल्ला फिजाएको आरोप लगाएका छन् ।
नेकपा एमालेका बागमती प्रदेशका वडा अध्यक्षहरूको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रचण्डले कम्बोडियाको टेलिकममा ३२ अर्ब आफ्नो लगानी भएको हल्ला फिजाएको र माधव नेपाल र झलनाथहरु त्यसको पछाडी कुदेको आरोप लगाएको बताएका हुन् ।
उनले- कम्बोडियाको टेलिकममा ओलीको ३२ अर्ब छ भनेर हल्ला भिजाउने प्रचण्ड हो । त्यसको पछाडी कुद्ने माधव नेपाल र झलनाथ खनाल हुन् । के त्यो साचो कुरा हो ? साचो भए ३२ अर्ब मैले टेलिकममा लगेको थाहा हुदैन थियो ? त्यसको हिसाब सबै खुलस्त हुन्छ त ।’