
काठमाडौँ – पूर्वराजा ज्ञानेन्द्र शाह राजसंस्था फर्काउन सक्रिय रहेका बेला शनिबार नारायाणहिटी पुगेका छन् ।
हालै अमेरिकाबाट नेपाल आएका नाति हृदयेन्द्र शाहलाई साथमा लिएर पूर्वराजा ज्ञानेन्द्र शनिबार नारायणहिटी पुगेका हुन् ।
शनिबार आफ्नो पूर्वराजा ज्ञानेन्द्र शाहले हृदयन्द्रलाई रत्न राज्यलक्ष्मी शाहसँग भेट गराउन नारायणहिटी परिसरमा रहेको महेन्द्र मञ्जिल लागेका हुन् ।
पूर्वराजा सपरिवार बिहानै नारायणहिटी राजदरबार संग्रहालयस्थित ‘श्री चतुर्व्यूह नारायण धाम’ दर्शनका लागि पुगेको र दर्शनपश्चात् उनीहरू महेन्द्र मञ्जिल पुगेको राप्रपाका नेता ऋषिराज देवकोटाले जानकारी दिएका छन् । साथमा पूर्वरानी कोमलसहित परिवारका अन्य सदस्यको समेत उपस्थिति रहेको थियो ।