
काठमाडौ – गृह मन्त्रालयले भिजिट भिसा प्रकरणमा मन्त्रालयको नेतृत्वको कुनै प्रकारको संलग्नता नरहेको दाबी गरेको छ।
शनिबार विज्ञप्ति निकाल्दै मन्त्रालयले यसबारे सत्यतथ्य विषयवस्तु मात्र प्रकाशन र प्रसारण गर्न आग्रह समेत गरेको छ।
‘यस्ता कुनैपनि गैरकानुनी वा भ्रष्टाचारजन्य कार्यमा मन्त्रालयको नेतृत्वको कुनै प्रकारको संलग्नता नरहेको र नरहने विषय स्पष्ट गर्दछौं,’ मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, ‘साथै, बिषयको गम्भीरतालाई मध्यनजर गरी सत्यतथ्य विषयवस्तु मात्र प्रकाशन र प्रसारण गरिदिनु हुन सबैमा अनुरोध गर्दछौं।’