
काठमाडौँ – मन्त्रिपरिषद्को बैठक शुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघि मन्त्रिपरिषद्को बैठक शुरु भएको हो ।
आजको बैठकले नयाँ गभर्नर नियुक्त गर्ने भएको छ ।
यस अघि बसेको गभर्नर सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेको छ ।
अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको समितिले पहिलो नम्बरमा डा. विश्व पौडेल, दोस्रो नम्बरमा कामु गभर्नर निलम ढुंगाना तिम्सिना र तेस्रो नम्बरमा पूर्व सचिव दिनेश भट्टराईको नाम सिफारिस गरेको छ ।