
काठमाडौँ – थाइल्याण्डले आइसीसी महिला टी-२० विश्वकपको एशिया छनौटको सुपर थ्री अन्तर्गतको खेलमा नेपाललाई १५९ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिला ब्याटिंग गरेको थाइल्याण्डले २० ओभरमा २ विकेट गुमाउदै १५८ रन बनाएको हो ।
थाइल्याण्डका लागि नन्नापाट कोन्चारोनकाई र नताया बूचाथामले ५०-५० रन बनाएका थिए । त्यसैगरीअफिसरा सुवानचोनराथीले २९ रन बनाएकी थिइन् । त्यस्तै नेपाली बलर राजमती ऐरी र मनिषा उपाध्यायले एक एक विकेट लिएका थिए ।
नेपाल र थाइल्याण्ड दुवै आइसीसी विश्वकप छनौटको ग्लोबल क्वालिफायरमा पुगिसकेका छन् । यस खेलको विजेताले एशिया छनौटको विजेताको तय गर्ने छ ।