
काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा जापान प्रस्थान गरेकी छन्। जापानको टोकियोमा बुधवारदेखि सुरु हुने एक अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन उनी गए राति त्यसतर्फ प्रस्थान गरेकी हुन् ।
जापानमा मन्त्री राणा ज्येष्ठ नागरिकहरूमा हुने सामाजिक एकान्ततासम्बन्धी सो सम्मेलनमा सहभागी भइ नेपालका तर्फबाट सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
ग्रामीण महिला तथा विकास केन्द्र (रूडुक) सुरक्षित मातृत्व सञ्जाल लगायतका संघसंस्थामार्फत् नेपाली महिलाहरूको आर्थिक उत्थान एवं सामाजिक संरक्षणका क्षेत्रमा लामो समयदेखि कार्यरत रहेकी उनलाई सो कार्यक्रमको विशेष वक्ताका रूपमा आमन्त्रित गरिएको हो।