
काठमाडौँ – युएईको महिला क्रिकेट टिमले नेपाललाई ११५ रनको लक्ष्य दिएको छ ।
थाइल्याण्डमा जारी आइसीसी महिला टी-२० विश्वकपको एशिया छनौटको सुपर थ्री अन्तर्गतको खेलमा युएईले टस हारेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ७ विकेट गुमाउदै ११४ रन बनाएको हो ।
युएईकी इशा ओजाले सर्बाधिक ३९ रन बनाएकी थिइन् भने थीर्था सतिशले २१, हिना होटचानदनीले २० रन बनाएकी थिइन् ।
नेपाली बलर मनिषा उपाध्यायले सर्बाधिक ४ विकेट लिएकी थिइन् भने कविता कुँवरले २ र राजमती ऐरीले एक विकेट लिएकी थिइन् ।